वीरगंज, असार । संघिय समाजवादी फोरमको पार्टी प्रवेश कार्यक्रम पर्सा गढी गाउ“पालिकाको हरपुरमा सम्पन्न भएको छ । हरपुर वडा कमिटीले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा पन्नालाल पटेल, जोखुराम, बृजलाल पटेल, बिजय दास, धनसुन्दर राउत, श्रीमती प्रफुल्ल देबी, रामरती मण्डल, पासपत प“जियार लगायत फोरम नेपालमा प्रबेश गरेको जनाइएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन लाल चौधरीले मधेसी थारु, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत शोषित उत्पिडित समुदायको लागि फोरम नेपाले मात्र लड्ने बताए ।
कार्यक्रममा पार्टीका नेता प्रहलाद गिरीले एमाले र का“ग्रेसभित्र बसेर मधेसको लागि केही गर्न नसक्ने भएकोले फोरममा प्रवेश गर्न आग्रह गर्नु भयो । सो अवसरमा नेकपा एमाले परित्यागको घोषणा गरी फोरम नेपालको मञ्चमा चढेका नेता सुन्दर कुर्मी, जिल्ला अध्यक्ष प्रदिप यादव, फोरम नेपालका पर्सा क्षेत्र न ३ का ईन्चार्ज जितेन्द्र यादव, जिल्ला सदस्य रामबढाई यादव, अशोक यादव, जितेन्द्र यादव, सल्लाहाकार समितीका पर्सा का संयोजक अधिवक्ता हरिहर साह कानु लगायतका नेताहरूको बिशेष उपिस्थी रहेको थियो ।