बिजय चौहान
वीरगन्ज, असार । नेकपा एमाले पार्टीको जनवर्गीय सङ्गठन लोकतान्त्रिक मधेसी सङ्गठन पर्साका अध्यक्ष सुन्दर कुर्मीले पार्टीको सबै पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ । उहा“ले नेकपा एमाले पार्टी क्याडर बेस भएपनि नेता पैसा केन्द्रित भएकाले पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।
विगत ३० वर्ष देखी पार्टीमा रही जनताको हितमा काम गरेपनि रकमी चलखेलमा पार्टीका नेताले वीरगन्ज महानरपालिकाको मेयरको टिकट नामै सिफारिस नभएका र अरु पार्टीबाट आएकालाई वितरण गरेपछि मोह भंग भई राजिनामा दिएको नेता कुर्मीले प्रस्ट पाउर्नु भयो ।
सङ्घीय समाजवादी फोरम (नेपाल) पर्साका अध्यक्ष प्रदीप यादबको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा कुर्मीले निकट भविष्यमै फोरममा प्रवेश गर्ने घोषणा गर्नु भयो ।
सो अवसरमा सङ्घीय समाजवादी फोरम (नेपाल)का राष्ट्रिय उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले मधेस मुद्दा सम्बोधन नभएसम्म मुलुकमा दिगोशान्ति र राजनीतिक स्थितारका कायम हुन नसक्ने बताउनु भएको छ । उहा“ले मुलुकमा विभेद रहेसम्म राजनीतिक स्थिता कायम गर्न नसकिने भएकाले संविधान संशोधन मार्फत विभेदलाई अन्त्य गरी मुलुकलाई विकास तर्फ उन्मुख गर्ने बेला आएको धारणा व्यक्त गर्नु भएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सांसद गद्दीले राजनीतिक अस्थितारको भुमरीमा फसेको मुलुकलाई निकास दिन संविधान प्रति सबैको स्वामित्व कायम गर्नुको विकल्पन नभएको बताउदै उहा“ले संशोधन मार्फत मधेसी, जनजाती, आदिवासी, महिला, मुस्लिम सबैको भावनालाई संविधानमा सम्बोधन गर्न सबै दल एक जुट भई लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
मुलुकमा विध्यमान राजनीतिक जटिलताको मुख्य कारण नै नेकपा एमाले पार्टीका नेताहरु रहेको आरोप लगाउदै उपाध्यक्ष गद्दीले मधेसीको मागलाई सम्बोधन नगरेसम्म मुलुक अगाडी नबढने निश्चित भएपनि एमालेका नेताहरु मधेसीलाई अधिकारबाट बन्चित राख्न खेलेको भुमिकाले अस्थिता कायमै रहेको दावी गर्नुभयो ।
नेकपा एमालेका नेतामा रहेको मधेस विरोध सोचले गर्दा मुलुक विकास तर्फ उन्मुख हुन नसकेको नेता गद्दीले आरोप लगाउनु भयो ।
पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य मोहनलाल प्रसाद चौधरी, नेता प्रहलाद गिरी, विजय सरावगी लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।