तस्करी नियन्त्रण गर्न एसएसपी उपाध्यायको निर्देशन

2

वीरगन्ज, असार ।  भारतबाट नेपाल तथा र नेपालबाट भारत तर्फ हुने अबैध कारोवारलाई हरहालतमा रोक्न वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) सुर्य उपाध्यायले निर्देशन दिनु भएको छ । पर्सा जिल्लामा रहेका सबै प्रहरी युनिटका प्रमुखहरुको बिहिबार अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जमा आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै एसएसपी उपाध्यायले यस्तो निर्देशन दिनुभएको हो ।
उहा“ले पर्साको नगर तथा ग्रामिण भेगमा रहेका नाकाहरुबाट व्यापक रुपमा तस्करी भइरहेको र तस्करीमा सुरक्षाकर्मी कै संलग्नता रहेको संचार माध्यमहरुमा सामाचार आएकै कारण ४० वटा चौकीका इन्चार्जलाई एकै दिन बदली गरिएको जानकारी गराउदै तस्करी तथा अपराध नियन्त्रणमा दृढभई लाग्न अधिकृतहरुलाई निर्देशन दिनु भयो ।
अञ्चल प्रहरी कार्यालय नारायाणी वीरगन्जमा आयोजना गरिएको भेलामा जिल्लामा रहेको ६५ वटै युनिटका करिब ७२ जना अधिकृतहरुको उपस्थितीलाई सम्बोधन गर्दै एसएसपी उपाध्यायले अपराध र अपराधी विरुद्ध सुन्य सहनशिलता अपनाउने विभागको निती विपरित काम कार्यवाही गरेको पाईएका सुरक्षाकर्मीलाई तत्काल संगठनको नियम अनुसार कार्यवाही गर्ने चेतावनी दिनुभएको कुरा बैठकमा सहभागि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । अधिकृतहरुको भेलालाई सम्बोधन गर्दै एसएसपी उपाध्यायले पर्सा नाकाबाट तस्करी भएको सामाचार प्रती मध्य क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआइजी) गणेश केसीको गम्भिर ध्यानाकर्षण भएको बताउदै एसएसपी उपाध्यायले दिइएको जिम्मेवारीलाई बेवास्ता गर्ने, काम चोरी गर्ने, तस्करसंग सा“ठगा“ठ गरेको पाइए चौकी इन्चार्जहरुलाई हदैसम्म कार्यवाही गर्ने निर्देशन भएको जानकारी दिएको नायब उपरिक्षक जोशीले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साह लगायतका सुरक्षा अधिकारीहरुको उपस्थिती रहेको थियो ।