वीरगन्ज, असार । “दुई बाली धानको विस्तार आर्थिक समृद्धीको आधार” भन्ने मुल नाराको साथ आज पर्सामा १४ औं राष्ट्रिय धान दिवस धान रोपी मनाइएको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्साको आयोजना र साना किसान सहकारी संस्था लिमिटेड उदयपुरघुर्मीको सहयोगमा पर्साको उदयपुरघुर्मीमा धानको बिरुवा रोपी धान दिवस मनाइएको हो ।
सहकारी संस्थाका अध्यक्ष हृदयनारायण प्रसादको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि समाग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रवन्धक बिजय कुमार श्रीवास्तव, जिल्ला पशु सेवा कार्यालय पर्साका प्रमुख रामपरिक्षण साह, कृषि विकास कार्यालय पर्साका प्रमुख विरेन्द्र सिन्हा लगायतले विधिपूर्वक पुजागरी धानको विरुवा रोप्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले अन्नको भण्डार रहेको तराईमा पर्याप्त सिचाई सुविधा भए दुईबाली धानको उत्पादन र एक वाली हिउ“दे उत्पादन गर्न सकिने विचार व्यक्त गरेका थिए ।
वक्ताहरुले नेपालमा हाल भइरहेको धानको उत्पादनले धान्न नसकेको कारण विदेशबाट धान तथा चामलको आयात गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको बताउदै वक्ताहरुले सिंचित क्षेत्रको विकास गरी दुई वाली धान उत्पादन गर्न सके परनिर्भतालाई समाप्त पार्न सकिने बताएका थिए ।