वीरगंज, असार । वीरगंजको किक्रेट सट्टा बजारमा अहिले शुशिल सर्राफको नाम अग्र पंक्तिमा छाएको छ । ब्रिजबिहारी, बुला, उमाशंकर यहा“बाट पलायन भएपछि तिनीहरुको बिडो अहिले सर्राफले सम्हालेका छन् ।
वीरगंजका सुनचा“दीको बजारमा अधिकांश तस्करीको माध्यमले करोडपति भएका नव नागरिक तस्करका छाउराहरुको दैनिकी फेरिएसंगै नराम्रो लतले पनि पछ्याउन थालेको छ । यहा“का धनाडयहरु पनि किक्रेटमा सट्टा लगाउने सौकिन भएकोले हालैसम्पन्न च्याम्पियन्स किक्रेट ट्रफीमा शुशीलले राम्रो कमाई गरेका छन् ।
अहिले वेस्टइन्डिजमा जारी भारत र वेस्टइन्डिजमा चलिरहेको एक दिवसीय म्याचमा पनि सट्टा बजार तातेको छ । धन आर्जन गर्ने कुनै बैधानिक माध्यममा नलागे भएतापनि शुशिलका छिमेकीहरु उनको प्रगति देखेर द· परेका छन् ।