बीरगंज, असार । भारतबाट अवैध रुपमा तस्करहरुले रजनीगन्धा नेपाल भित्र्याउदैछ गरेको एक बोरा प्रहरीले पक्राउ गरेको छ । भन्ने बिरगंज १५, बसपार्क स्थित बिभिन्न सवारीसाधनहरुलाई चेकजाच गर्ने क्रममा दक्षिण भारत तर्फबाट आईरहेको ना.४६ प ३०३४ नं.को माटरसाइकललाई रोकी चेकजाच गर्दा सो परिणामको रजनीगंधा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका १ बस्ने रोहित साह र मोटरसाइकलको बिचमा रजनीगन्धाको बोरा समाती बस्ने सोही ठाउको राजु साह गोठलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरीले जनाएको छ । सो रजनिगन्धाको तौल १४ के.जी. रहेको करिब ३२०० पिस रजनीगन्धा रहेकोमा आवश्यक कारवाहीको लागि शुत्रवार बिरगंज भन्सार कार्यालय पर्सामा आवश्यक कारवाहीको लागि पठाईएको प्रहरीले जनाएको छ ।
त्यसै गरी शुक्रवार नै भारतबाट अवैध रुपमा कुखुराको चल्ला चोरी पैठारी गरी नेपाल भित्र्याउदैछ गरेको बेला विरुवागुठीबाट खटी गएको प्रहरीले पर्सा गढी गाउपालिका ३ मा करिब आठ सय गोटा कुखुराको चल्ला नेपाल तर्फ ल्याई रहेको अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि पशु क्वारेटाइन चेकपोष्ट सिर्सियामा पठाई नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यसतै पर्साको सखुवा प्रसौनी गाउपालिका ५,महुवन स्थित जमुना राम, रामदत राम, कुन्जबिहारी राम, उमाशंकर साह कलवार, जटाशंकर साह कालवार, हरेन्द्र राम, शंकर साह कलवार र नागेश्वर रामको घरबाट अवैध रुपमा उत्पादन गरिरहेको मदिरा प्रहरी चौकी महुवनबाट असई प्रदिप जैसवालको कमाण्डमा खटिएको प्रहरी टोलीद्वारा घरेलु मदिराको भठ्ठी तथा ४५० लिटर कच्चा मदिरा र तयारी मदिरा ५० लिटर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।