योग, ब्याम, आहार र आरचणले सहि हुने ः नेता सरावगी

48

वीरगञ्ज, १६ असार ।  संघीय समाजवादी फोरम नेपालका तराई मधेस प्रदेशका कोषाध्यक्ष विजय कुमार सरावगीले योग, ब्याम, आहार र आरचण सहि तरिकाले गर्न सकेपछि आप्mनो शरीरलाई सुगठित बनाउन सकिने बताउनु भएको छ ।
वीरगन्जको माइस्थानमा स्थापना भएर ३० दिनको छोटो अवधीमा १४० जना प्रशिक्षार्थीलाई समेटेर संचालित भइरहेको पब्लिक फिटनेश सेन्टर, माईस्थान वीरगन्जको एउटा कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उनले ‘तन्दुरुस्त शरीरले स्वस्थ्य मन र स्वस्थ्य मनले बिकास एवम् समृद्धीको लागि मानिसले सहि तरिकाले काम गर्न सक्ने’ बताउनु भएको छ । उनले शारिरीक सुगठन बनाउनका सा“थै मस्तिष्कलाई पनि स्वस्थ्य बनाउन प्रणायामको माध्यम अपनाउन सल्लाह दिए ।
यस अघि सरावगीको अग्रसरतामा वीरगन्जमा योगऋषी रामदेव जि महाराजको पा“चदिने योगविज्ञान शिविर ऐतिहासिक रुपमा सम्पन्न भएर वीरगन्ज राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनिन सफल भएको थियो ।
फिटनेश सेन्टरका संचालक २०१६ का मिस्टर वीरगन्ज करन यादवको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार राम सर्राफ, रितेश त्रिपाठी, पल्लवी अग्रवाल, राज अग्रवाल लगायको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/