Home समाचार कुर्मी समाजले विद्यार्थीको सम्मान गर्ने

कुर्मी समाजले विद्यार्थीको सम्मान गर्ने

by अंकुश दैनिक
0 views

बीरगंज,  असार ।  कुर्मी सशक्तिकरण मञ्च पर्सा जिल्लाले राम्रो अंक ल्याई एस.ई.ई. पास हुने कुर्मी समाजका विद्यार्थीहरुलाई अषाढ ३१ गते सम्मान कार्यक्रम गर्ने भएको छ ।
कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष संतोष पटेलको सभापतित्वमा मञ्चको बैठकले २०७३ सालको एसईई परिक्षामा डिक्टिनशन ल्याउने छात्राहरुलाई नि:शुल्क साईकल आफनो तर्फबाट वितरण गरिने सांसद रमेश कुर्मीले बताएका छन् । बैठकले यहि असार ३१ गते कुर्मी समाजका नारायणी अञ्चलभरीका विद्यार्थीहरुलाई सम्मान गरिने साथै सोही कार्यक्रममा एसएलसी परिक्षामा साथै बैठकमा बोल्दै कुर्मी सशक्तिकरण मञ्चका केन्द्रिय उपाध्यक्ष रामरुप कुर्मीले एक थान कम्प्युटर कार्यक्रमको दिन मञ्चलाई दिने घोषणा गरेका थिए ।
बैठकमा कुर्मी धर्मशाला पर्साका अध्यक्ष सुरेन्द्र कुर्मी, राजपा महासचिव शिव पटेल, शिक्षा प्रेमी लालबाबु पटेल, मञ्च पर्साका वरिष्ठ विशेश्वर पटेल, उपाध्यक्ष राजेश पटेल, पुर्व अध्यक्षहरु, क्षेत्रिय अध्यक्षहरु, नगर अध्यक्ष, जिल्ला, क्षेत्र एवं नगरका पदाधिकारी सदस्य एवं समाजका अगुवाहरुका उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.