जिल्ला प्रहरी कार्यँलयद्वारा मोटरसाईकल मिस्त्रीहरुसंग अन्तरक्रिया

20

वीरगंज, १७ असार ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोबिन्द कुमार साहले वीरगंज स्थित विभिन्न मोटरसाईकल वर्कसप भएका मिस्त्रीहरुसंग शनिबार अन्तरक्रिया सम्पन्न गर्नुभएको छ । वीरगंज लगायत पर्सा जिल्लाबाट मोटर साईकलको चोरीको घटना बढ्न थालेपछि चोरीको घटना नियन्त्रण गर्न मिस्त्रीहरुसंग अन्तरक्रिया गरिएको हो ।
मिस्त्रीहरुसंगको भेटमा बिभिन्न कारणले बिभिन्न मो.सा.वर्कशपहरुमा थन्क्याएर राखिएको मो.सा.हरुको ईन्जिन नं.,च्यासिस नं. उल्लेख गरी यातायात ब्यवस्था कार्यालयमा सम्पर्क गरी ख्भचषथ गर्ने सहमति भएको छ । त्यसैगरी मो.सा.वर्कशकहरुमा शंकास्पद रुपमा कुनै ब्यक्ति मो.सा.को पार्ट पुर्जाहरु अदली(बदली गर्न आएमा सो को जानकारी तुरुन्त प्रहरीलाई दिने सहमति भएको छ । छलफलमा कुनै पनि मो.सा.को मरम्तसम्भार तथा सर्भि्सिङग गर्दा आधिकारिक कागजात(ब्लुबुक) बिना नगर्ने, मो.सा.वर्कशपमा काम गर्ने साहु ,मिस्त्री र कामदारहरुको बिवरण राखी दैनिक रुपमा हाजिरी गर्न लगाउने तथा बैठक तथा अन्तरक्रिया कार्यक्रम भएको निर्णयको मिडियाहरु मार्फत प्रचारप्रसार गर्ने र जारी भएको यस्ता सुचनालाई प्रत्येक मो.सा.वर्कशपले सबैले देख्ने ठाँउमा सुचना बोर्ड बनाएर राख्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।

https://ankushdaily.com/