प्रौढहरुका लागि भवन निर्माणको पहल शुरु

9

वीरगञ्ज,  असार । नेपाल प्रौढ संघ जिल्ला कार्य समिति पर्साका अध्यक्ष कृष्णा प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले विभिन्न प्रस्ताव पारित गर्दै वार्षिक साधारण सभा आज वीरगञ्जमा सम्पन्न भएको छ ।
वीरगञ्जको भुटन देवि माई मन्दिर नजिक संघको नाममा रहेको जग्गामा आगामी महिना देखि प्रौढहरुका लागि भवन निर्माण कार्यलाई अघि बढाइने र भवन निर्माणका लागि विभिन्न दातालाई सहयोगका लागि आह्वान गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो । कार्यक्रममा पूर्व वीरगञ्ज चिनि कारखानाका महाप्रबन्धक जयराम बराल, सिदार्थ मावि वीरगञ्जका तत्कालिन प्रधानाध्यपक जगन्नाथ तिवारी, मेरी गोल्ड मावि का प्रधानाध्यपक रवि कोइराला लगायत अन्य व्यक्तिहरुको उल्लेख्यनिय उपस्थिती रहेको थियो ।