नियम बिपरित बिदा दिदा विद्यार्थीहरु आन्दोलनमा

45

बीरगंज,  असार ।  वीरगन्जको वीर्तामा रहेको सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुवँरले जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेण्डर विपरित आइतबार असार १८ गते देखि साउन २ गते सम्म गर्मी विदाका लागि भन्दै विद्यालय बन्द गरेपछि विद्यालय सन्चालनको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
प्राधानाध्यापकले आफुखुशी बिद्यालय बन्द गरे पछि विधार्थीहरु आइतवार बिहान विद्यालय अगाडिको सडकमै बसेर पठपाठन गर्दै प्रधानाध्यापक कुवँर विरुद्ध नाराबाजी गरेका छन् । जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेण्डरमा सामुदायिक विद्यालयहरुमा साउन ५ गते देखि गर्मी विदा दिनु पर्ने उल्लेख छ । तर प्रधानाध्यापक कुवँरले भने आफ्नो सुबिधाको लागि असार १८ गते देखि साउन २ गते सम्म गर्मी विदाका लागि विद्यालय बन्द रहने सुचना गत शुक्रबार प्रकाशीत गरेका थिए ।
विद्यालय अगाडिको सडकमा आइतबार बिहान सडकमै बसेर विरोध गरेका विधार्थीहरुले प्रधानाध्यापक कुवँरलाइ बर्खास्त गरि महिला प्रधानाध्यापक नियुक्त गर्न पनि माग गरेका छन् । विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म झण्डै एक हजार जना छात्र छत्राहरु अध्ययनरत छन् ।

https://ankushdaily.com/