स्वास्थ्य चौकीका भवनहरु हस्तान्तरणको लागि ज्ञापन

3

बीरगंज , असार ।  पर्सा जिल्लामा स्वास्थ्य चौकीका लागि भवन बनाउन बिभिन्न ठाउँमा ठेक्का मार्फत निर्माण गर्न दिएर काम सम्पन्न भए पनि निर्माण भएका स्वास्थ्यचौकी भवनहरु हस्तान्तरणमा ढिलाई भएको प्रति मानवअधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन ।
स्वास्थ्य चौकी हस्तान्तरण नहुदा साविकका गाविस कार्यालयहरुमा स्वास्थ्यचौकी र वर्थिङ्ग सेन्टरहरु संचालन गर्नु परिरहेको स्वास्थ्य कार्यकर्ताहरुले बताएका छन् । भवनको अभावमा सानो ठाउमा चौकीहरु संचालन गर्नु पर्दा सेवाको प्रभावकरितामा समस्या आएको स्वास्थ्यकर्मीहरु गुनासो रहेका छन् ।
जिल्लाको साविकको गादी, परवानीपुर, भवानीपुर लगायत ठाउँमा र्निर्माण भएको स्वासथ्यचौकीहरुको हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गर्दै आज पर्साका मानवअधिकारकर्मीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको ध्यानाकर्षण गराएका छन । समुहका पर्सा अध्यक्ष तवरेज अहमदले ध्यानाकर्षण पत्र बुझाएकोमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आफ्नै पहलमा गत वर्ष दुईवटा स्वास्थ्य चौकी हस्तान्तरण गरिएको जानकारी दिनु भयो ।
समुहका अध्यक्ष तवरेज अहमदको नेतृत्वमा गएको टोलीमा पत्रकार एवं इन्सेक प्रतिनिधि के.सी.लामिछाने, पत्रकार अनुप तिवारी, नेपाल मानव अधिकार संगठन पर्साका सविच शिवनाथ यादव, समशुल हवारी, निला राम, निलम पंत दिनेश तिमिल्सीना, बिजय गैरे लगायतको सहभागिता रहेको पत्रकार के. सी. लामिछानेले अंकुशलाई बताएका छन् ।