बीरगंज, असार । पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ मधुवनमथवल गढी टोलमा खेतमा सिंचाइका लागि जडान गरिएको विद्युतीय मोटरको तारबाट प्रवाह भएको करेन्ट लागेर स्थानीय १० वर्षिय सबिन बम्जनको मृत्यु भएको छ । मधुवन मथवलको विद्यालयबाट घर फर्किने क्रममा आफनो खेतमा गएका बालक सबिनलाई मोटरबाट करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याईएको प्रहरीले जनाएको छ ।