Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

रक्सौलको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार तिन जना घाइते – Ankush Daily

रक्सौलको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार तिन जना घाइते

33

बिजय चौहान
वीरगन्ज, असार । वीरगन्जको सीमावर्ती भारतीय व्यापारिक शहर रक्सौल स्थित एक विद्यालयमा सोमवार अज्ञात हतियारधारीले चलाएको गोली लागि तीन जना गम्भिर घाइते भएका छन् । रक्सौलको लक्ष्मीपुरमा संचालित रहेको क्याम्ब्रिज पब्लिक स्कुल परिसरमा मुखमा मास्क लगाएर प्रवेश गरेका अपरिचत चार जनाको समुहले एके ४७ राइफलबाट अन्धाधुन्द गोली चलाउदा विद्यालयमा कार्यरत दुई जना बस चालक र एक जना सुरक्षा गार्ड घाइते भएका हुन ।
दुईवटा मोटरसाईकमा सवार रहेका चार जनाको समुहले चलाएको गोली लागि विद्यालयका बस चालक विक्रम कुमार , रामायण प्रसाद कुर्मी र सुरक्षा गार्ड धु्रब साह गम्भिर घाइते भएको रक्सौल प्रहरी थानाका इन्र्चाज प्रहरी नायब उपरिक्षक (डिएसपी) राकेश कुमारले जानकारी दिनु भएको छ । उहाँले अज्ञात व्यक्तिहरुले चलाएको गोलीलागि गम्भिर घाइते भएका तीनै जनालाई रक्सौलकै डंकन अस्पतालमा उपचारको लागि भर्ना गराएपनि उनको स्वास्थ्यस्थित विग्रीदै गएपछि थप उपचारकोलागि एक जनालाई वीरगन्जको नेशनल मेडिकल शिक्षण अस्पतालमा पठाएको बताउनु भयो । उनको अवस्था चिन्ताजन रहेको बताइएको छ ।
दुई वटा मोटरसाइकलमा सवार भई आएका चार जना बन्दुकधारीहरुले विद्यालय परिसरमा प्रवेश गरे लगत्तै अन्धाधुन्द गोली चलाएका थिए । कक्षा कोठामा विद्यार्थीहरु पढि रहेकै बेला बन्दुकधारीहरुले विद्यालय परिसरमा मात्र गोली चलाएका कारण विधार्थीहरु भने सकुशल रहेको रक्सौल प्रहरीले जनाएको छ ।
दुइ वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरुले विद्यालयको मुल प्रवेशद्वारबाट भित्र प्रवेश गरे लगत्तै स्वचालित राइफलबाट अन्धाधुन्द गोली चलाएको डिएसपी राकेश कुमारले बताउनु भयो । गोली चलाए लगत्तै बन्दुकधारीहरु फेरि मोटरसाइकलमा सवार भएर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गोली चलाउनेहरुको परिचय खुल्न नसकेको र उनिहरुको खोजी भइरहेको डिएसपी राकेश कुमारले बताउनु भयो । घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ , उहाँले भन्नु भयो । शहरका सबै नाका सिल गरेर चेकजाँच भइरहेको छ । रक्सौल र आसपासका क्षेत्रमा रंगदारी टेक्स असुल्दै आएको समुहले विद्यालय प्रशासनसंग केहि रकम मागेको र रकम नपाएपछि विद्यालय प्रशासनलाई धम्क्याउनका लागि गोली चलाएको श्रोतले जनाएको छ । क्याम्ब्रिज पब्लिक स्कुलमा करिब पाच हजार विधार्थीहरु अध्ययनरत रहेका छन् ।

https://ankushdaily.com/