बार्सिलोना (एजेन्सी) – बार्सिलोना र लियोनल मेस्सी नयाँ सम्झौता नजिक पुगेका छन् । नयाँ सम्झौता पश्चात मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा आबद्ध हुने छन् ।
हाल विवाहपछि परिवारसँग ब्यस्त मेस्सी र बार्सिलोनाबिच करिब १ हप्ता भित्रमा नयाँ सम्झौता हुने स्पेनिस मिडिया मार्साले जनाएको छ ।
नयाँ सम्झौतामा २०२१ सम्म बार्सिलोनासँग जोडिने मेस्सीले अन्त्यपछि आफ्नो खुसीले अर्को १ वर्ष पनि थप्न पाउने उल्लेख छ । उक्त सम्झौता अनुसार ‘मेस्सीको बाइ आउट क्लज’ ३०० मिलियन युरो हुने मार्साले जनाएको हो ।
३० वर्षीय अर्जेन्टाइन स्ट्राइकर मेस्सीको बार्सिलोनासँगको हालको सम्झौता २०१८ को जुनमा समाप्त हुनेछ । मेस्सीको अन्त्य तिर नजिकिदै गरेको सम्झौताका कारण म्यानचेस्टर सिटी र पिएसजी जस्ता क्लब उनलाई भित्र्याउन इच्छुक देखिएका थिए ।