बीरगंज, असार । नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका सद्भावनादूत अशोककुमार वैधले भारतको मुम्बई नगर निगमका महापौर विश्वनाथ महादेशवरसँग वीरगञ्ज महानगरपालिका र मुम्बई नगर निगमबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा छलफल गर्नु भएको जनाइएको छ । वीरगञ्ज महानगरपालिका र मुम्बई नगर निगमबीच सम्बन्ध स्थापित भएमा दुवै नगरबीच सहयोग आदान प्रदान भई नगरहरुको विकासमा सहयोग हुने बिश्वास गरिएको छ । मुम्बई नगर निगमका महापौर महादेशवरले निकट भविष्यमा नै वीरगञ्ज नगरको भ्रमण गर्ने आश्वासन दिएको बैधले जनाउनु भएको छ ।