दोषि माथि कार्यवाही नभएसम्म विद्यलाय संचालन हुदैन ः प्रअ

23

वीरगन्ज,  असार ।  सुन्दर मल रामकुमार कन्या माध्यमिक विद्यालयका शिक्षकलाई कालो मोसो दल्ने शिक्षकलाई कारवाही नगरेसम्म विद्यलाय संचालन गर्ने प्रधानाध्यापक सुरेन्द्र कुवंरले बताउनु भएको छ । नेपाल पत्रकार महासंघको सभा कक्षमा बुधबार प्रअ कुवंरले पत्रकार सम्मेलनको आयोजना गरी दोषी शिक्षकलाई कारवाही नभएसम्म विद्यालय बन्द नै राखिने जानकारी दिनु भयो ।
उहा“ले विद्यार्थी मार्फत शिक्षकलाई कालो मोसो दल्ने लगाउने शिक्षक अतुल श्रीवास्तव र जितेन्द्र साहलाई कारवाहीकालागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला शिक्षा कार्यालयमा लिखित जानकारी दिएपनि सोमाथि कुनै कारवाही नभएकाले विद्यालयमा कार्यरत शिक्षकहरुको बैठकले कार्यवाही नभएसम्म विद्यालय बन्द नै राख्ने निर्णय गरेको बताउनु भयो ।
कन्या विद्यालयमा कार्यरत रहेका शिक्षक दुर्गा देवकोटा, अतुल श्रीवास्तव, जितेन्द्र साह लगायतका शिक्षक अन्य विद्यालयमा समेत पठाउने गरेको तथ्यलाई सार्वजनिक गर्दै प्रअ कुवंरले बाहिर पढाउन समस्या भएकाले विद्यार्थीलाई उचाली शैक्षिक वातावरण तिनै जना शिक्षकले विगारेको आरोप लगाउनु भयो ।
उहा“ले सबै विषय बारे जिल्ला शिक्षा अधिकारीलाई जानकारी गराउ“दा समेत राजनीतिक दबावमा दोषी शिक्षकमाथि कार्यवाही नगरेको आरोप लगाउनु भयो ।
स्थानिय प्रहरी, प्रशासन र जिल्ला शिक्षा कार्यालयको लापरवाही र गैरजिम्मेवार रवैयाको कारण कान्या मावि बन्द रहेको प्रस्ट पार्दै प्रअ कुवंरले दोषी माथि कार्यवाही नभए सम्म विद्यलाय संचालन नगर्ने दावी गर्नुभयो ।