लागू औषध ईन्जेक्शन सहित एक जना पक्राउ

35

बीरगंज,  असार ।  भारतको रक्सौलबाट बीरगंज तर्फ ल्याउदै गरेको लागू औषध ईन्जेक्शन सहित एक जना भारतीयलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी सिसवा हाल ललितपुर महानगरपालिका वडा नं. ४ जावलाखेल बस्ने सफिक हुसेन रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताउनु भयो ।
प्रहरीले निज हुसेनको शरिर खानतलासी गर्दा पत्रिकाले बेरी निजको पेटको भागमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई लागू औषध ईन्जेक्शन फेनारगन ४५ पिस, डाईजेल्याब ४५ पिस र नुफिन ४५ पिस गरि जम्मा १३५ पिस फेला पारी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भट्टराईले बताउनु भयो ।

https://ankushdaily.com/