गिरी र चौहान फोरम नेपालको केन्द्रिय सदस्यमा मनोनित

27

वीरगन्ज,  असार ।  एमाले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका नेता प्रहलाद गिरी र प्रद्युमन चौहान संघीय समाजवादी फोरम नेपालको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको समाचार छ । आइवार वसेको फोरमको बैठकले नेताद्धय गीरी र चौहानलाइ केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
यस अधि प्रहलाद गिरी र प्रधुमन चौहानलाई पार्टीको केन्द्रिय सदस्यमा मनोनयन गर्न जिल्ला कार्य समिति पर्साले सर्वसहमतबाट निर्णय गरि केन्द्रमा सिफारिस गरेको थियो । जेष्ठ ८ गते एमाले पार्टीबाट नेता गीरी र चौहानले पार्टी परित्याग गरेका थिए । मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ संस्थागत गर्नुपर्ने जनचाहना भएपनि मधेस आन्दोलनको भावनालाइ एमाले पार्टीले उपेच्छा गरेकोले आफुहरु पार्टीको साधारण सदस्य लगायत सम्पुर्ण पदबाट राजीनामा दिएका थिए ।

https://ankushdaily.com/