फोरम नेपालको नगरस्तरीय अन्तक्रिया कार्यक्रम सम्पन्न

4

वीरगन्ज,  असार ।  संघीय समाजवादी फोरम नेपाल वीरगन्ज महानगरसमितीले नगरस्तरिय अन्तक्रिया कार्यक्रमका सम्पन्न गरेको छ । सोमबार दिउसो वीरगन्जको गोपाल मन्डलीमा आगामी असोज २ गते हुने स्थानीय चुनावमा वडादेखि मेयरसम्म संघीय समाजवादी फोरम नेपालका उम्मेदवारलाई जिताउने प्रतिवद्धता सहभागीहरुले व्यक्त गरेका छन् ।
फोरम नेपालका वीरगन्ज महानगसमितीका कार्यवाहक अध्यक्ष लखनलाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रमका सहभागी सबै वडाका कार्यकर्ताहरुले आपसी मतभेदलाई अन्तगरी सबै पदमा फोरमलाइ जिताउनु पर्ने धारणा कार्यक्रताहरुको रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री एवम पार्टीका केन्द्रिय सदस्य मोहन चौधरीले वीरगन्ज महानगपालीकाको मेयर पदमा पार्टीले प्रस्तावित गरेको उम्मेदवार विजय सरावगीको छवी र पहिचान स्वच्छ समाजसेवीको रुपमा प्रसिद्ध रहेकोले चुनाव अत्यधिक मतले जित्ने दावी गर्नु भयो । कार्यक्रमा केन्द्रिय सदस्य प्रहलाद गीरीले मशाल छाप नै ,मधेस आन्दोलनको छाप र फोरमको विजय नै स्वायत मधेश प्रदेशको स्थापना सहितको मधेसको विजय भएको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला अध्यक्ष प्रदिप यादवले विराटनगर महानगरपालीकाको चुनाव मत खसाल्ने सहि जानकारी नभएको कारण मसालको १० हजार मतबदर भएकोले चुनावमा हार भएको स्पष्ट गर्दै उच्च मनोबलका साथ चुनावमा होमिन सबै कार्यकर्ताहरुलाइ आहवान गरेका थिए । मेयरका प्रस्तावित उम्मेदवार विजय सरावगीले आममतदातालाइ मसाल चुनाव चिन्हमा स्वस्तीक छापलगाए मतदिन आजैदेखि मतदाता प्रशिक्षणको कार्यक्रमहरु चलाउन बडा समितीलाइ नेता सरावगीले अनुरोध समेत गरेका थिए ।कार्यक्रममा केन्द्रिय सदस्य करिमा वेगम,मधेस प्रदेशका सचिव सलाउदिन अहमद,मुस्लीम फोरम नेपालका केन्द्रिय अध्यक्ष मौलाना नुरुल होदा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।