बिजय चौहान
वीरगन्ज, असार । सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा बुधबार अख्तियार दुरुपयोग अनुशन्धान आयोगको टोलीले वडा सचिवलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुशन्धान आयोग क्षेत्रीय कार्यालय मकवानपुरबाट खेटेको टोलीले सेवा ग्राहीसंग रकम लिदै गरेको अवस्थामा पर्साको बहुदरामाई गाँउपालिका वडा नम्बर ६ गम्हरीयाका वडा सचिव दिपक खनाललाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाबाट डिएसपी महेन्द्र खड्काको नेतृत्वमा आएको टोलीले वडा सचिव खनाललाई सेवाग्राहीसंग ३० हजार रुपैया लिदै गरेको अवस्था रङ्गे हात पक्राउ गरेको हो ।
वीरगन्जको तेजारथ टोल स्थित आफ्नो डेरामा बोलाएर सेवाग्राहीसंग ३० हजार रुपैया घुस लिदै गरेको अवस्थामा सचिव खनाल पक्राउ गरिएको अख्यिारका डिएसपी खड्काले जानकारी दिनुभयो ।
बालविकास कोषको ९२ हजार रुपैया रकम निकासा गर्नका लागि सामाजिक परिचालक सतार मियाँसंग ३० हजार रुपैया घुस लिदै गरेको अवस्थामा वडा सचिव खनाललाई पक्राउ गरिएको खनालले बताउनु भयो । पक्राउ परेका वडा सचिव खनाललाई आवश्यक अनुशन्धानका लागि अख्तियारको टोलीले हेटौडा लिएर गएको छ ।