जिशिअ रजकद्वारा चालिस लाख भन्दा बढीको भ्रष्टाचार

44

वीरगंज,  असार ।  जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजक र उनको टिमले यस आर्थिक वर्षको अनौपचारिक शिक्षाको नाममा आएको सम्पुर्ण बजेट झ्वाम पारेका छन् ।
एक चोटी जि.शि.अ. भएर पर्सा जिल्लाको स्वाद चाखीसकेकाहरु पुन: भरपुर दोहन गर्न यो जिल्लामा विभिन्न शक्ति केन्द्रको सहयोग लिएर आउने गरेका छन् । यही दरम्यान बरखु प्रसाद रजक पनि पावर लगाएर दोस्रो पटक पर्सामा आउन सफल भएका छन् । बजेट झ्वाम पार्नुभन्दा अगाडी तत्कालिन जि.शि.अ केदार तिवारी अख्तियारको फन्दामा परेपछि बनी बनाएको माल चाप्न पर्सा आएका बरखु प्रसाद रजक दुवै हातले दोहन गरिरहेका छन् ।
यस आर्थिक वर्षमा अनौपचारिक शिक्ष अन्तर्गत साक्षरता अगुवा, अनुगमनकर्ता, स्टेशनरी किताब, कलमको चालिस लाख भन्दा बढी रकम कागज बनाएर बरखु प्रसाद रजक खाएका छन् । विगतमा माओवादीको बुई चढेर ब्रह्मलुट मच्चाएका रजक आफुले खाएको रकम मध्ये उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ कहाँ पुर्‍याएको गफ लगाउदै हिडेका छन् ।

https://ankushdaily.com/