वीरगन्ज, असार । होर्डि· बोर्ड लगाउन गएका युवकको बुधबार अपराह्न्न करेन्ट लागेर वीरगन्जमा मृत्यु भएको छ । वीरगन्जको घण्टाघर लिंक रोडमा स्थित एस डेभलेपमेन्ट बैंकको होडिङ्ग बोर्ड लगाउने क्रममा करेन्ट लागेर वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी वर्ष १८ का जयराम साह कानुको मृत्यु भएको हो । बैंकको होर्डि· बोर्ड लगाउने क्रममा करेन्ट लागि गम्भिर घाइते भएका कानुलाई उपचारको लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
उहाँले करेन्ट लागेर मृत्यु भएका युवकको शव परिक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको बताउनु भयो । मृतक वीरगन्जको उज्जवल आर्टमा काम गर्ने मजदुर रहेको प्रहरीले जानकारी दिएको छ ।