अस्पतालको शुल्क वृद्धि नगर्न फोरमको माग

22

वीरगंज, असार ।  वीरगंज स्थित नारायणी उप–क्षेत्रीय अस्पतालको अस्वभाविक शुल्क वृद्धि गरिएकोमा संघीय समाजवादी फोरम नेपाल पर्साले विरोध गरेको छ ।
नारायणी उप–क्षेत्रीय अस्पताल विकास समितिले ५० देखि २५० प्रतिशतसम्म शुल्क वृद्धि गरेकोमा सोको विरोध फोरम नेपालले गरेको हो ।
सरकारले एक सय रुपैया लाग्ने बेडचार्जको शुल्क हटाएपछि अब त्यो एक सय रुपैया भर्ना शुल्कको नामा असुल्ने समितिले निर्णय गर्न लागेको, ४ सय रुपैया लाग्ने अल्ट्रासाउण्डको ६ सय रुपैया, एक्सरेमा थप सय रुपैया, आकस्मिक पुर्जीको लागि १५ को ठाउ“मा ५० र विभिन्न किसिमको परिक्षणको शुल्कमा भएको चर्को वृद्धि सरकारको स्वास्थ्य नीति, मौलिक हकमा उल्लेखित स्वास्थ्य सम्बन्धि अधिकार र लोककल्याणकारी राज्यको सिद्धान्त विपरित रहेको आरोप लगाउदै यसको विरोध गरेको छ । फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले विज्ञप्ति प्रकाशित गर्दै सरोकारवाला, स्थानीयहरुसंग सरसल्लाह गरी मात्र शुल्क निर्धारण गर्न माग गरिएको छ ।

https://ankushdaily.com/