वन विभाग बाराले अढाई करोडको बन पैदावार बिक्री

66

मनोज शाह
जितपुर बारा,  असार ।  जिल्ला बन पैदावार आपूर्ति समिति बारा सिमराले आर्थिक वर्ष २०७३।०७४ मा दुई करोड उनन्तीस लाख पचासी हजार एक सय अठाईस रुपैयाको बन पैदावर बिक्रि बितरण गरेको छ । समितिले चालु आ, व मा सालको चिरान काठ ३६५९,७९ क्यू, फिट, साल र सिसौको गोलिया २०९९,४८ क्यू फिट बिक्रि गरिएको छ । यसैगरी सालको गोलिया सि दैबीप्रकोपको लागि १४२०,४७ क्यू फिट रु ८२६४६० मा बिक्रि गरियो । सालका अनसाइज , बाकल र डोला दाउरा ६१६ क्यून्टल रु ५४१९७२ मा र हलखोरिया , तामागढीलाई सालको गोलिया ५१३२ क्यू फिट बिक्रि गरिएको जिल्ला बन पैदावर आपूर्ति समिति बारा सिमराका सचिव शिवशंकर ठाकुरले अंकुशलाई जानकारी गराउनु भयो ।

https://ankushdaily.com/