बाबाधामको धार्मिक गिती एल्बम सार्वजनिक

27

बीरगंज,  असार । बाबाधामको भुतवा तोहार बाबा भन्ने भक्ति गिती एल्बमको आज एक नेपाल पत्रकार महासंघको सभाकक्ष वीरगंजमा विमोचन गरीएको छ । उक्त एल्बमको विमोचन संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले एल्बमको विमोचन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदिप यादवले धर्म प्रति भक्तजनको आस्था र विश्वासलाई कायम राख्न भक्ति एल्बम सफल रहोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।
मनोरञ्जनात्क भोजपुरी गायनमा ख्याती कमाएका सुनिल पण्डितको शब्द र स्वर रहेको गिती एल्बममा अनिल गुप्ता, सलोनी विष्ट र राजु ठाकुरले अभिनय गरेका छन् । अनिल गुप्ताको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा कलाकार शिवजी विश्वकर्मा, रामेश्वर प्रसाद कलवार, मदन गुप्ता, अखिलेष साह लगायतको सहभागिता रहेको थियो ।