साउन २३ गते रक्षा बन्धन मनाउन ज्योतिष महासंघको अनुरोध

100

वीरगंज, ३१ असार ।  बिभिन्न भित्ते क्यालेन्डरहरुमा हिन्दुहरुको महान पर्व रक्षा बन्धन(जनै पुर्णिमा) साउन १३ रहेको उल्लेख गरी छपाई गरेकोमा यसको मिति बारे अन्यौलमा रहेको श्रद्धालुहरुको अन्यौल हटेको छ ।
यस विषयमा रक्षा बन्धन(जनै पुर्णिमा) साउन १३ गते नभई साउन २३ गते मनाउन अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्र नेपालले निर्णय गरेको छ ।
श्री सिद्धि बिनायक ज्योतिष केन्द्र वीरगंजमा आज अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्रका अन्र्तराष्ट्रिय महासचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
नेपाली पंचा·ले यसपालि चन्द्रग्रहण र भद्रा परेको हुनाले पारस्करगृहशुक्तको आधारमा १३ गते नागपंचमीकै दिन रक्षा बन्धन मनाउने निर्णय गरेको थियो, जुन अस्वभाविक रहेको केन्द्रले जनाएको छ । परम्परादेखि नै रक्षा बन्धन श्रावण पुर्णिमाको दिन मनाउदै आइएकोमा ह्षिकेश पंञ्चाग अनुसार श्रावण २२ गते राती १०: ११ देखि भद्राकाल प्रारम्भ हुदैछ र साउन २३ गते बिहान १० बजेर ४५ मिनेटमा समाप्त हुदैछ भने चन्द्रग्रहण त्यहि दिन रात्री ११:०८ बजे शुरु हुदैछ । शास्त्रार्थ मान्यता अनुसार चन्द्र ग्रहणको स्पर्श समय भन्दा ९ घण्टा पुर्व सुतक लाग्ने गर्दछ ।
यस अनुसार भद्रा र चन्द्र ग्रहणको सुतकको बिचमा लगभग ३ घण्टाको समय शेष रहेको देखिन्छ , जुनकि रक्षा बन्धनका लागि उपयुक्त एवं पर्याप्त रहेको जानकारी काल गणना बिशेषज्ञ एवं यस संस्थाका अन्र्तराष्ट्रिय महासचिव डाक्टर आर्चाय रिषर्भले दिनुभएको छ ।

https://ankushdaily.com/