अंगीकृत नागरिकलाई राष्ट्रपति,प्रधानमन्त्री बनाउने पक्षमा छैनौं : संयोजक ठाकुर

15

बिजय चौहान
वीरगन्ज, श्रावण ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकता बोकेका नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताउनु भएको छ । उहाँले अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार नै नागरिकता वितरणको पक्षमा राजपा नेपाल रहेको प्रस्ट पार्नु भयो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले राष्ट्रपति, प्रधानमन्त्री, मुख्य न्यायधिश लगायतका उच्च संवैधानिक पद अंगीकृत नागरिकता बोकेकालाई दिन नहुने पक्षमा राजपा भएपनि यसको उल्टो प्रचार गरी मधेसवादी दलहरुलाई बदनाम गर्ने प्रयास भएको दावी गर्नुभयो । उहाँले नेपाली नागरिकसंग विवाह गरेकी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनु पर्ने राजपाको माग रहेको बताउनु भयो । वैवाहिक अंगीकृत नारिकता बोकेकी महिलालाई श्रीमान सरह अधिकार पाउनु पर्ने विचार नेता ठाकुरले व्यक्त गर्नुभयो ।
संयोजक ठाकुरले मोर्चासंग भएको सहमतिलाई सरकारले पुरा गरे स्थानिय तह निर्वाचनमा सहभागि हुन राजपा तयार रहेको दोहराउदै उहाँले निर्वाचनमा सहभागि हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नु भयो । निर्वाचन आयोगमा दल दर्ताका बारेमा सोधिएको जिज्ञासामा राजपा अध्यक्ष ठाकुरले ६ दल मिलेर नयाँ पार्टी राजपा बनेपछि निर्वाचन आयोगमा दल दर्ता गरिएको भन्दै निर्वाचनमा दल दर्ता गरिएपनि मधेसका माग सम्बोधन नभए सम्म राजपा चुनावमा नजाने स्पष्ट पार्नु भयो ।
वीरगन्ज उमहानगरपालिकाको वडा नम्बर २१ पटेल नगरका एक जना आगलागी पिडितको घरको आजै शिलान्यास गर्दै संयोजक ठाकुरले देशमा प्राकृतिक विपत्ती आउद पुरै देश नै एक जुटभाई पिडितलाई सहयोग गर्ने गरेको र यसता कार्यले राष्ट्रमा सद्भावलाई बलियो बनाएको धारणा व्यक्त गर्नु भनुभयो । उहाँले प्राकृतिक विपत्तीका बेला पिडामा परेकाहरुलाई सहयोग गर्दा पिडितलाई राहत पुर्‍याउनुको साथै राष्ट्रलाई एक सुत्रमा बाधिने र समुदायविचको सदभावलाई थप प्रगाढ हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा राजपाका महासचिव विमल श्रीवास्तव, सहमहासचिव निजामुदिन समानी , केन्द्रिय सदस्यहरु शशी कपुर मिया , जनार्दन यादव , किशोरी यादव, श्याम गुप्ता, दिपक तिवारी , पुष्पा पाण्डे, पर्सा अध्यक्ष पुरुषोत्तम झा, बारा अध्यक्ष नवलकिशोर सिंह, जिल्ला सचिव चन्दन मिश्रा, जिल्ला सदस्य रन्जन मिश्रा , बारा प्रवक्ता रमेश सर्राफ , बाराका विधार्थी संयोजक सन्तोष यादव लगायतको सहभागीता रहेको थियो ।