अबैध रुपमा बालुवा ल्याउदै गरेको ट्रेक्टर, काठ, औषधी पक्राउ

4

बीरगंज,  श्रावण । श्रावण महिना देखि नदीहरुबाट बालुवा गिटी झिक्न रोक लगाएको बेला अवैध रुपमा खोलाबाट बालुवा लोड गरी ल्याउदै गरेको बेला पर्सागढी गाउपालिका वडा नं. २ स्थित ना १ त १२५२ नम्बरको ट्रेक्टरलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । सो ट्ेरक्टरलाई सुचनाको आधारमा अ.प्र.पोष्ट बिरुवागुठी पर्साबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको प्रहरीले जनाएको छ ।
त्यसै गरी आइतवारनै अवैध रुपमा सालको काठ चोरी पैठारी गरी ल्याउदै गरेको बेला प्रहरीले दुई वटा साईकलमा काठको गोलिया लोड गरी ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको छ ।
प्रहरीले काठको गोलीया थान २ सहितको दुई वटा साईकलहरु सोही ठाँउमा फाली भागेकोमा १३ क्यू.फिटको काठको गोलीया थान २ बारमद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएकोमा आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय पर्सा, वीरगंज पठाईएको प्रवक्ता जोशीले बताउनु भयो ।
उता वडा प्रहरी कार्यलय विर्ताले मोटरसाईकल सहित लाखौँ को अवैध औषधि नियन्त्रण मा लिएको जनाइएको छ । भारतको रक्सौल बाट (ना १२ प ७७५६) नं को मोटरसाईकल मा नेपाल मा प्रतिबन्द्धित अङग्रेजी औषधिहरु विरगंज तर्फ भित्रियाउने क्रममा विर्ता वडा प्रहरी का प्रहरी निरिक्षक अनिष कर्ण को कमाण्ड मा खटिएका प्रहरी टोली ले छपकैया वडा नं २ मेनरोड बाट पक्राउ गरिएको छ ।
पक्राउ गरिएको औषधि र मोटरसाईकल थप अनुसन्धान का लागी विरगंज भन्सार पठाइएको प्रहरी निरिक्षक अनिष कर्ण ले जानकारी दिनु भएको छ ।