भोजपुरी साहित्यकार पंडित दिपनारायण मिश्रलाई नागरिक अभिनन्दन गर्ने

12

बीरगंज,  श्रावण । नेपाल भोजपुरी समाजको आयोजनमा आज वृहत छलफल गरी भोजपुरी साहित्यकार पंडित दिपनारायण मिश्रलाई नागरिक अभिनन्दन गर्ने निर्णय गरिएको छ ।
समाजका पर्सा अध्यक्ष रामदेव श्रीवास्तवको अध्यक्षतामा वीरगंज महानगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा भोजपुरी साहित्यका भिष्मपितामह पंडित दिपनारायण मिश्रलाई नागरिक अभिनन्द गर्ने समेत निर्णय गरेको हो । सो कालागि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्माको संयोजकतत्वमा १२ सदसिय नागरिक अभिनन्द समिती समेत गठन गरेको छ ।
समितीमा वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ओमप्रकास शिकारीया, माईस्थान बिद्यापिठका प्र .अ बिनोद मेहता, अभिवक्ता पन्नालाल गुप्ता, रविन्द्र वर्णवाल,बिनोद पटेल , रमेश शर्मा, शैलेन्द्र त्रिपाठी, प्रकास थारु, राजेन्द्र सिंह लगायत रहेका छन । यसैगरी सोही भेलाले पाँच सदिसीय सल्लाहकार समिती समेत गठन गरेको छ ।