मतदाता नामावलीको लागि नेपाली कांग्रेस क्षेत्रीय कार्य समितीहरुको ज्ञापन

4

वीरगंज, १ साउन । नेपाली कांग्रेस क्षेत्रीय कार्य समितीहरु पर्साले जिल्ला प्रशासन कार्यलय पर्सा मा ज्ञापनपत्र बुझाएको छ ।
क्षेत्र नं. १ का सभापति बिजय सर्राफले तेश्रो चरण को निर्वाचन नज्किन्दा मतदाता नामावाली मा छुट भएका मतदाताहरु को नाम समावेश गर्ने अभ्यान साउन १ गते देखी निर्वाच आयोग ले सुरु गरेका हुँदा, यस पर्सा जिल्ला का छुट भएका मतदाताहरुले आफ्नो सहज तरिका लेखाउन सक्ने गरि स्थान र जनशक्ति थप गरि व्यवस्था मिलाउन निर्वाचन कार्यालय पर्सासँगको समन्यवमा उचित व्यवस्था को लागी माग गर्नु भएको छ ।
नेपाली कांग्रेस पर्साका रहेका पाचै क्षेत्र का क्षेत्रीय अध्यक्षहरुले संयुक्त रुपमा ज्ञापनपत्र पर्सा का प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे समक्ष बुझाएका छन् ।