सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु

7

बिजय चौहान
वीरगन्ज,  साउन ।   सवारी दुर्घटनामा परि पर्सा जिल्लामा २१ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउन देखी असार सम्मको १२ महिनामा १३ जना पुरुष, दुई जना महिला, ५ बालक र एक बालिकाको सवारी दुर्घटनामा परि मृत्यु भएको हो ।
आर्थिक वर्ष २०७३/०७४ को साउन देखी असार सम्ममा ८५ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
८५ वटा सवारी दुर्घटनामा परि २१ जनाको मृत्यु हुनुको साथै ९४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रविन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले वर्षभरी भएको सवारी दुर्घटनामा परि ४१ जना गम्भिर तथा ५३ जना समान्य घाइते भएको बताउनु भयो । चालककै लापरवाहीको कारण पर्सामा सबै भन्दा बढी सवारी दुर्घटना भएको अनुशन्धानबाट खुलेको निरीक्षक भट्टले दावी गर्नु भयो । उहाँले सवारी साधन संचालन गर्दा चालकले मादक पदार्थ सेवन गर्ने, तिव्रगतिमा वाहन कुदाउने, ट्राफिक नियमलाई बेवास्ता गर्दै ओभरटेक गर्दा बढी सवारी दुर्घटना हुने गरेको बताउनु भयो ।
आर्थिक वर्ष २०७२/०७३ मा ८० वटा भएको सवारी दुर्घनामा परि १९ जनाको मृत्यु भएको थियो भने गम्भिर ५० जना र सामान्य २५ कुल ७५ जना घाइते भएको ट्राफिक कार्यालयले जनाएको छ ।
पर्साका सबै भन्दा बेलुकी ६ बजे देखी राती १२ बजे सम्ममा हुने गरेको ट्राफिक कार्यायले जनाएको छ । पर्सामा हुने सवारी दुर्घटनामा सबै भन्दा बढी मोटरसाईकल रहेको ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरेको छ ।