प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

72

बीरगंज,  साउन । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतबाट घरेलु मदिरा नियन्त्रणका लागि थालिएको विशेष अभियान अन्तर्गत प्रहरी चौकी परवानीपुरले करिब ११०० लिटर अवैध घरेलु मदिरा पक्राउ गरी नष्ट गरेको छ ।
प्रहरी टोलीले विहिवार बिहान विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच चौकी अगाडी सडकमा पथलैया बाट वीरगंज तर्फ आउँदै गरेको लोकल बसमा अबैध रुपमा लुकाईछिपाई ल्याएको ११०० (एघार सय) लिटर घरेलु मदिरा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको र उक्त अबैध घरेलु मदिरा विहिवार साझ आन्तरिक राजश्व कार्यालय वीरगंज पर्साका प्रतिनिधिको रोहबरमा ११०० (एघार सय) लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।

https://ankushdaily.com/