सुँन तथा नगद दोब्बर बनाउने लालच दिई महिलालाई ठग्दै हिडेका चार भारतीय पक्राउ

52

वीरगन्ज,  साउन । सुँन तथा नगद दोब्बर बनाई दिने लालच दिई महिलाहरुलाई ठग्दै हिडेका चार जना भारतीय युवकलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १३ मुर्ली चोकबाट प्रहरीले ठगीको अभियोगमा भारत उत्तर प्रदेशको बलिया जिल्ला निवासी पिन्टु नट, मुखलाल नट, भुवर नट र विनोद नटलाई पक्राउ गरेको हो । अपराह्न्न चारै जना युवाले मुर्ली चोक निवासी एक महिलाको घरमा प्रवेश गरी कानमा लगाउने सुँनको बाली दोब्बर तौलको बनाई दिन्छु भन्दै ठग्न खोज्दा भेद खुली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेका चाँरै जना युवकलाई आवश्यक अनुशन्धानका लागि जिप्रकामा राखिएको र उनी माथि ठगी मुद्दा चलाउने तयारी गरिएको प्रवक्ता जोशीले बताउनु भयो ।

https://ankushdaily.com/