बाबा जयगुरुदेवको घण्टाघरमा कार्यक्रम

4

वीरगंज,  साउन ।  बाबा जयगुरुदेव संगत पर्साले शनिवार वीरगंजको घण्टाघरमा आम जनसमुदायलाई शाकाहरी बनाउने उदेश्यले शाकाहारी शपथ ग्रहण कार्यक्रम संचालन गरेको छ । यस्तोे शपथ ग्रहण कार्यक्रम हरेक शनिबार संचालन हुने जनाइएको छ ।
समाजमा रहेका कुरिती , हत्या हिन्सा ,चोरी लगायतको अमान्वीय क्रियाकलापको अन्त्य गरी मानिसहरुलाई शाकाहारी, सदाचारी ,नशामुक्त ,देशभक्त र स्वस्थय बनाउन यो अभियान चलाईएको जयगुरुदेव संगत पर्साले जनाएको छ । शपथ ग्रहण अभियानमा जयगुरुदेव संगतका उपाध्यक्ष भिखारी प्रसाद रौनियार, कोषाध्यक्ष जितेन्द्र प्रसाद यादव, छात्र अध्यक्ष नबिन यादव, प्रभु हजरा, बिजय महतो, हृदेय नारायण पटेल ,प्रदिप यादव लगायतको उपस्थिी रहेको थियो ।