वीरगंज, साउन । श्रीराम कथा महाज्ञान यज्ञ तथा गायत्री महायज्ञ एवं विशाल दीक्षा समारोहको वीरगंजको माईस्थान मन्दिर अगाडी हुने भएको छ । यस बारेमा आज पत्रकार भेटघाट गरी आयोजकले जानकारी दिएको छ ।
रामचन्द्र प्रसाद रौनियारले आयोजना गर्न लाग्नु भएको यज्ञलाई लक्ष्मी नारायण फैन्सी सेन्टर महाबिर स्थान र गायत्री प्रज्ञा पिठ माईस्थानले व्यवस्थापन गरेको पत्रकार भेटघाटमा बिजय कुमार रौनियारले जानकारी दिनुभयो । उनले साउन १० गते देखि १६ गते सम्म बिहान ५ देखि ६ बजे सम्म योग र प्राणायाम हुने,साउन १० गते नै बिहान ७ बजे देखि १० बजे सम्म कर्मकाण्ड पुजा एवं गायत्री हवन यज्ञ हुने र साउन १८ गते बिहान सात बजे यज्ञको समापन हुने बताउनुभयो । रौनियारले भारत मेरठका आर्चाय पंडित जनार्घन तिवारीले प्रत्येक दिन दिउ“सो ३ बजे देखि कथा वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
पत्रकार भेटघाटमा ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे,शिक्षाविद एवं विपिसी क्याम्पसका संचालक डा . दिपक शाक्य, राजपा नेपालका वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, पंतञ्जली योग समितीका नारायणी प्रमुख किशोरी कलवार, गायत्री परिवारका धर्मेन्द्र गुप्ता लगायतको ,अरुण गुप्ता, दिपनारायण दुवे लगायतको उपस्थिती रहेको थियो ।