२८८ जनालाई निःशुल्क आंखा शिबिरमा चेकजाच

23

मनोज शाह
जितपुर बारा,  साउन । बारा जिल्लाको जितपुरसिमरा उप–महानगरपालिका वडा ७ जितपुरमा रहेको सृजनात्मक परिचालन नेपाल जितपुरको आयोजनामा एक दिने निःशुल्का आंखा शिबिर सम्पन्न भएको छ । निःशुल्क आंखा शिबिरमा चेकजाच गराउने टेडा, रामबन, परसवा, नगौल , रमैली, सिमरा जितपुर लगायतका ठाउबाट सहभागि रहेको थियो । निःशुल्क आंखा शिबिरमा ७ बर्षादेखि ८५ बर्ष सम्मका बिरामीहरु चेकजाच गराएको थियो । महिला र पुरुष गरी २८८ जनाको चेकजाच भएको थियो । निःशुल्क आंखा शिबिरमा चेकजाच गर्दा भेटिएको मोतियाबिन्दु बिरामी ६३ जना रहेको चिकित्सक शिब शकर साहले अंकुश दैनिकलाई बताए । निःशुल्क आंखा शिबिरमा ६३ जनालाई मोतियाबिन्दु भटिएको अप्रेशन राज कुमार महाबिर केडिया आंखा अस्पताल परवानीपुरमा अप्रेशन हुने सस्थाका अध्यक्ष श्याम बाबु चौरसियाले बताए । प्रबिधिक सहयोगि राज कुमार महाबिर केडिया आंखा अस्पताल परवानीपुरका चिकित्सक नेत्र सहायक अम्बिक साह, बिबेक साह, शिब शकर साह, सुदर्शन काफ्ले लगायतका चेकजाच गरेको थियो ।