उद्योग व्यवस्थापनले सुरक्षाका उपाय नअपनाउदा मजदुरको अकालमै मृत्यु

29

बिजय चौहान /मनोज शाह
वीरगन्ज,  साउन । पर्साको बेलवा गाँउपालिकामा संचालित रहेको जगदम्बा स्टील प्रा.ली व्यवस्थानको लापरवाहीको कारण एक ३० वर्षीय युवकले अकालमै ज्यान गुमाउनु परेको छ । उद्योग भित्र अपनाउनु पर्ने सुरक्षाका उपाय व्यवस्थापनले नअपनाएको कारण तातो पानीमा डुबेर भारत जवरिया थाना खुखुन्डा दवरीया बस्ने ३० बर्ष उपेन्द्र गोढको अकालमै मृत्यु भएको हो ।
सोमबार बिहान ३ बजे लाईन काटने बेलामा मजदुरहरू कोठामा जाने क्रममा उद्योगको पानी भठ्ठीमा खसेर गोढको मृत्यु भएको कारखानमा काम गर्ने मजदुरहरुको भनाई रहेको छ । कारखामा उत्पादन भएको छडलाई सेलाउनका लागि प्रयोग हुने पानी ट्यांकीको डिलमा सुरक्षाका लागि अगाउनु पर्ने रेलि· नलगाइएको कारण खसेर गोढको मुत्यु भएको मुजदुरहरुको आरोप रहेको छ । भठीमा पानी तातेको हुने र खुल्ला रहेको ट्याँकीमा सुरक्षाका उपाय नअपनाइएको कारण खसेर दुर्घटना हुनसकिने जानकारी व्यवस्थापनलाई पटक पटक दिदा समेत कुनै सुनुवाई नगरेको कारण घटनामा एक मजदुरको अकालमा मृत्यु भएको मजदुरले अंकुश दैनिकलाई बताएका छन् ।
यसै विषयमा उद्योगका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालसंग बुझदा उहाँले पानी ट्याँकी माथिबाट मजदुरलाई आउन जान बनाइएको भर्‍या·मा रेलि· लगाउन विर्सिएको अंकुश दैनिकलाई बताउनु भयो ।
यता जगदम्बा प्रालीका प्रशासन अधिकृत सतिश सिंहसंग बुझदा उहँले अहिले उद्योग संचालन भएदेखिनै पानी ट्याँकीलाई सुरक्षित गर्ने कुनै उपाय नगरिएको र घटनापछि चाँडै सुरक्षाका उपाय अपनाउने दावी गर्नुभयो।
घटनास्थलको छानविनमा मजदुरको मृत्यु स्वभाविक नदेखिएकाले घटनाको सुक्षम अनुशन्धान गर्न मातहतलाई निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशी जानकारी दिनुभयो।
यता मजदुर मृत्युको विरोधमा अखिल नेपाल ट्रेडयुनियन महासंघका मजदुरहरुले एक दिन उद्योग बन्द गर्ने घोषणा गरेका छन् । उद्योगको लापरवाहीका कारण मजदुरको अकालमै मृत्यु भएको भन्दै मृतका परिवारलाई उचित क्षतीपूर्ती उद्योगले दिनु पर्ने र घटनाको छानविन भई दोषिलाई कार्यवाही हुनु पर्ने माग राख्दै उद्योग बन्द गर्ने निर्णय गरिएको युनियकका अध्यक्ष क्यामोदिन अन्सारीले अंकुशलाई बताउनु भएको छ । मृतक मजदुरको शव परिक्षणकालागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।