ज्योति विकास बैंकद्वारा नि:शुल्क स्वास्थ्य शिविर

3

वीरगन्ज,  साउन ।  ज्योति विकास बैंक लि.ले आफ्नौ नौ बार्षिकत्सवको उपलक्ष्यमा पर्सा जिल्ला स्थित वाल कल्याण गृह विर्तामा आश्रित बालबालिकाहरुको नि:शुल्क आंखा, दांत तथा स्वास्थ्य परिक्षण गरेको छ । बैकद्वारा सोमवार आयोजना गरिएको परिक्षण शिविरको बैकको वीरगंज शाखा प्रबन्धक विज्ञान शाह सहित कर्मचारीहरुले सामुहिक उद्घाटन गरेका थिए । शिविरमा वाल कल्याण गृहमा आश्रित बालबालिकाहरुलाई डा.एम.डी. राजा, आदित्य तिवारी र मिथिलेस गिरिले स्वास्थ्य परिक्षण गर्नु भयो ।
परिक्षणको क्रममा बालबालिकाहरुमा स्वास्थ्यमा देखिएको समस्या समाधानको लागि औषधी र चश्मा निशूल्क वितरण गरिएको बैकका शाखा प्रबन्धकले बताउनु भयो । सो अवसरमा सहभागी बालबालिकाहरुलाई खेल सम्रागीहरु फूटबल, फुटबल जुता समेत प्रदान गरिएको बैकले जनाएको छ ।