एमालेले संबिधान संशोधन हुन नदिएर मधेसी जनताको अधिकार खोस्यो: डा. कोईराला

7

“फोरमले सहिदको लास बेचेर टिकट वितरण गरेको छ : मेयरका उम्मेदवार अजय द्विवेदी”

वीरगंज,  भदौ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले एमालेले संबिधान संशोधन पास हुन नदिएर तराई–मधेसका जनताको अधिकार खोसेको आरोप लगाउदै यही कारणले गर्दा यो स्थानिय निर्वाचनमा तराई–मधेसबाट एमाले बढारिने बताउँनु भयो ।
एमालेको उग्रराष्ट्रवाद र मधेसी मोर्चाको उग्रमधेसबादको नाराले देशलाई जातिय द्धन्दमा धकेल्न लागेको बताउँनु हूँदै यि दूवै पार्टी अतिबादी भएकोले बाढीले मधेस डुब्दा र मधेसीको दूखमा समेत राजधानी छोड्न नसक्ने मधेसी मोर्चाका नेताले कूनैपनी हालतमा मधेस र मधेसी जनताको पक्षमा काम गर्न नसक्ने आरोप लगाउनु भयो । मधेशी नेताहरुले मधेसका जनतालाई सधै सत्ताको प्राप्तीको साधन मात्र बनाएको बताउँनूभयो । 
नेपाली काँग्रेस बिरगंज महानगरपालिका वडा नं २२ ले जगरनाथपूर मनियारीमा आयोजना गरेको “चूनावी सभा एवं पार्टी प्रवेश कार्यक्रम“ लाई संबोधन गर्नूहूँदै डा. कोईरालाले तराई–मधेसमा एमाले र मधेसी पार्टीहरूले बिश्वास गुमाईसकेको बताउँनुहुँदै प्रदेश नं. २ मा नेपाली काँग्रेस पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने पनी बताउँनूभयो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको ठुलो जमात संगै मधेस आन्दोलनमा शहादत प्राप्त गरेका दिलिपकूमार चौरसियाका बूवा र दाई समेत नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशीहरूलाई डा. कोईरालाले टिका र माला लगाएर स्वागत गर्नूभएको थियो।कार्यक्रममा बिरगंज महानगरपालिकाका मेयरका उम्मेदवार अजय द्विवेद्धीले मधेशवादी दलहरुले शहिदको लास बेचेर टिकट दिएको आरोप लगाउनु भयो । सो कार्यक्रममा सांसद राजेन्द्र बहादुर अमात्य लगायत, नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । नेता कोइराला आज वडा नं. ३,१, बगही लगायतका वडाहरुमा घरदैलो गर्नु भएको थियो । कोइरालाको आगमनले नेपाली कांग्रेसका आम कार्यकर्ता र नेताहरुमा उत्साह छाएको छ । अंकुश दैनिकमा समाचार छ ।