जिउदो माछा प्रबिधिक पाँच दिने तालिम सम्पन्न

9

मनोज शाह
जितपुर बारा, भदौ ।
बारा जिल्लाको कोल्बी नगरपालिका वडा ५ बोधबनको नेपाल मत्स्य ब्यवासाय बाराको अयोजनामा जिउदो माछा ढुवानी सम्बधी ५ दिने प्रबिभिक तालिम आज सम्पन्न गरेको छ । यु ,यस,ए,डीस,फ्रमेरी टु फ्रमेरी र युनराक ईन्टर रिबट को प्रबिधिक तालिमको सहयोगमा माछा खेती ब्यवासाय र जिउदो माछा सम्बन्धी ५ दिने प्रबिधिक तालिम आज सम्पन्न भएको नेपाल मत्स्य व्यवसायी संघका सचिव रबिन्द्र चौधरीले बताए ।
कार्यक्रमका नेपाल मत्स्य ब्यवसायी संघ बाराका अध्यक्ष जंग बहादुर साहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका नेपाल ब्यवसायी संघका केन्द्रिय बरिष्ट उपाध्यक्ष मधु सुदन अधिकारी रहनु भएको थियो । कार्यक्रममा प्रशिक्षण लिने ३५ जना सहभागि रहेको थियो । प्रशिक्षण लिनेलाइ प्रमाण पत्र दिएर सम्मन्न गरेको थियो । प्रशिक्षण दिने प्रमुखको रुपमा एफ ,टु,एफ सहकर्ता रिकार्डो रुसीले प्रशिक्षणको रुपमा दिगम्वर चौधरी प्रशिक्षण दिनुभएको थियो । अंकुश दैनिकमा समाचार छ ।