-
वीरगञ्ज, भाद्र ।
नेपाल प्रेस यूनियन पर्सा शाखाले गरेको पत्रकार सम्मेलनमा नेता द्धिवेदीले भर्खरै घोषणा भई कागजमा मात्र सिमित रहेको यस विरगञ्ज महानगरपालिकालाई हरेक दृष्टिकोणले पुर्णता दिई महानगरको असली रुप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो चुनाव प्रचार अभियानलाई विजय अभियानलाई विजय अभियानको सँज्ञा दिंदै नेता द्धिवेदीले यो महानगर र पर्सा जिल्लाका समस्त नगरपालिका र गाउँ पालिकामा नेपाली काँग्रेसलाई जनताले अत्याधिक मतले जिताउने विश्वास व्यक्त गर्नुभयो ।
विरगञ्ज महानगरपालिकामा आधुनिक तरिकाको रिंगरोड, व्यवस्थित पार्क एवम् ६ लेन सडक लगायतका भौतिक विकास निर्माणका कार्यहरुका साथै विरगञ्ज विश्वविद्यालयको अवधारणालाई मुर्तरुप दिने कार्यलाई प्राथमिकतामा राख्ने वहाँले बताउनुभयो । आफु भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृतिको मान्छे भएकोले विरगञ्ज र वीरगञ्ज बासीहरुको लागि छुटै भिजनका साथ अघि बढ्ने कुरामा वहाँले जोड दिनुभयो ।
वीरगञ्ज महानगरपालिकामा यस अघि पनि उप मेयरको रुपमा काम गरिसकेको हुँदा आफुलाई यस नगरको आन्तरीक तथा बाह््य सम्पुर्ण व्यवस्थापन तथा प्राविधिक कुराहरुको सम्पुर्ण अनुभव रहेकोले मेयरको रुपमा आफुले वीरगञ्ज महानगरपालिकामा काम गर्दा बढी प्रभावकारी हुने वहाँले बताउनुभयो ।
नेपाल प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार अजय कुमार द्विवेदी, उपमेयरकी उम्मेदवार शान्ति कार्की, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, सांसद अनिल रुगंटा, पुर्व सभासद ओम प्रकाश शर्मा, तरुणदलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेत, जिल्ला बिकास समिती पर्साका पुर्व सभापति जनार्दन सिंह क्षेत्री, नेपाली काँग्रेस चुनाव परिचालन मुल समितीका सँयोजक नेता ईश्वरभक्त श्रेष्ठ, काँग्रेस नेताहरु रामरुप कुर्मी, राकेश सिंह लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रेस यूनियन पर्साका सह सचिव निलिमा पौडेलले गरेका थिए ।
अंकुश दैनिकमा समाचार छ ।