ठोरी गाउंपालिका-१ को वडा अध्यक्षमा माओवादी केन्द्रका कुंवर बिजयी

3

असोज, ३ ठोरी – स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले पर्सामा खाता खोलेको छ । ठोरी गाउंपालिका-१ बाट माओवादी केन्द्रका रामप्रकाश कुंवर वडा अध्यक्षमा बिजयी हुंदै माओवादी केन्द्रले पर्सामा खाता खोलेको हो । कुंवरले ६०८ मत ल्याउंदै बिजयी भएका हुन् । वडा अध्यक्षमा कुंवरलाई कांग्रेसले समर्थन गरेको थियो । कुंवरका प्रतिद्वन्द्वी एमालेका मीनबहादुर गुरुङले ४४१ मत ल्याएका छन् । कुंवरले गुरुङलाई १६७ मतले पराजित गरेका हुन् । कुंवर सहित कांग्रेस-माओवादी गठबन्धनको प्यानलले जित हासिल गरेको छ । खुल्ला सदस्यमा कांग्रेसका भक्तबहादुर आलेले ४९९ मत ल्याई जितेका छन् । यस्तै सदस्यमा कांग्रेसका रबिन तिमिल्सिना ५१० मत ल्याई जितेका छन् । महिला सदस्यमा माओबादी केन्द्रकी मैना भण्डारीले ५८२ मत ल्याई जित हात पारेकी छिन् । यस्तै दलित महिला सदस्यमा माओवादी केन्द्रकी दिलमाया सुनारले ५५४ जित हातपारेका छन् । १६५४ मतदाता रहेको ठोरी गाउंपालिकामा ११०३ मत खसेको थियो ।