नेपालले ताजकिस्तानको सामना गर्दै

25

वीरगञ्ज, असोज २४ – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध नेपाली टोली आज दोस्रो पटक भिड्दै छ । घरेलु मैदानमा २-१ ले पराजित नेपाली टोली जितको लक्ष्य सहित ताजकिस्तान पुगेको हो ।

नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन ।

छनोटको अर्को चरणको सुरुआत हुँदा हार वा बराबरीले नेपालको चुनौति लगभग समाप्त हुनेछ । समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ । समूहका शीर्ष दुई टोली अर्को बर्ष युनाइटेड अरब इमिरेट्स( युएई) मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन् । (हाम्रो खेलकुद)

https://ankushdaily.com/