वीरगंज, २४ असोज ।
आपसी अन्र्तद्वन्द अन्र्तकलह समझदारी कायम नगरी वडा सदस्यको टिकट वितरण प्रक्रिया र अन्र्तघातको कारणले वीरगंज महानगरपालिकाको मेयर पदमा पराजय भोगेको भए तापनि त्यस सन्दर्भमा नेपाली कांग्रेस पर्साभित्र कुनै छलफल आन्तरिक समिक्षा गरिएन । मेयर पदमा पराजित नेपाली कांग्रेस पर्साको सभापति अजय द्विवेदीले आसन्न संसद र प्रदेश सभाको प्रतिनिधी चयन र सिफारिस प्रक्रियालाई समेत ‘मजाक’ बनाइदिएको केही जिल्ला सदस्यहरुले बताएका छन् ।
पर्साको चार वटा निर्वाचन क्षेत्र र आठ वटा प्रदेश सभाको पदका लागि शुल्क सहितको खुल्ला आवेदन आह्वान गरिए बमोजिम सांसदको लागि प्रत्यक्ष र समानुपातिक गरी ३६ जना र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी १२३ जनाको नाम केन्द्रमा पार्टी सभापति द्विवेदीले पठाएका छन् । सांसद हुने योग्यता रु तिन हजार र विधायक हुने योग्यता रु दुई हजार तोकिएको बताइन्छ ।
गत संविधानसभाको निर्वाचनमा द्विवेदी संगै उनको निर्वाचन क्षेत्र नं. २ पर्साबाट तमलोपाबाट चुनाव लडेका आर.डि. सिंह र फोरम लोकतान्त्रिकबाट चुनाव लडेका नारायणजी रौनियार दुवैलाई द्विवेदीले पर्साको संसदीय क्षेत्र नं. १ बाट समानुपातिक तर्फबाट सिफारिस गरिदिएका छन् । केन्द्रमा कस्को नाम पठाउने नपठाउने सम्बन्धमा पार्टी भित्र कुनै छलफल नभएकोले केही पार्टीको लागि लडने खटने महिला बाहेक सक्नेले श्रीमति, छोरी र गर्लफ्रेन्ड समेतको नाम हालेर पठाइएको नाम उल्लेख नगर्ने शर्तमा एक जिल्ला सदस्यले बताए ।
प्रत्यक्ष र समानुपातिक गरी पर्साबाट कुल १६० जनाको नाम सांसद र विधायकको लागि सिफारिस गरिएको छ ।