काठमाडौं, असोज ३० । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ ।दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो ।एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा गच्छदारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति वा महामन्त्रीमा नियुक्त गर्ने आश्वासन दिएको बताइएको छ ।
गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको छ ।काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको बताइएको छ ।