प्रचण्डपुत्र प्रकाश दाहालको निधन

7

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको हृदयाघातका कारण निधन भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार प्रकाशलाई बिहान करिब ४ बजे अस्पताल ल्याइएका थिए ।  हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । उनी दाहालको सचिवालयमा काम गर्दै अाएका थिए ।