बार्सिलोना शीर्षस्थान मजबुत बनाउँदै

35

म्याड्रिड (एजेन्सी) – एट्लेटिको म्याड्रिडसँग गए राति गोल रहित बराबरी खेल्दै साविक विजेता रियल म्याड्रिडले ला लिगामा थप अंक गुमाएको छ । शीर्षस्थानको बार्सिलोनासँगको दुरी १० अंकले पुगेको म्याड्रिड अंक तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै एथट्लेटिको पनि रियलसँग समान २४ अंक सहित चौथो स्थानमा छ ।

ला लिगा अन्तर्गत म्याड्रिड डर्बीमा २००५ यता पहिलो पटक गोल भएन। त्यसयता २०१४-१५ को च्याम्पियन्स लिगको अन्तिम ८ को पहिलो लेगको खेल बाहेक रियल र एट्लेटिकोबीच ३९ खेलमा पहिलोपटक गोल नभएको हो ।

पहिलो हाफको सुरुआतमा घरेलु टोली अग्रता लिनबाट चुक्यो । रियलको रक्षात्मक त्रुटिमा एन्जल कोरियाले अवसर पाए पनि उनको प्रयास आकाशियो । पहिलो हाफमा रियल आक्रामण देखिएपनि घरेलु टोलीले दोस्रो हाफमा पोसेसन राखेपनि दुवै टोलीबाट गोल हुन् सकेन ।

यस खेल अघि लुइस स्वारेजको उच्च प्रदर्शनमा ३-० को जित निकालेको बार्सिलोनाले १२ खेलमा रियलसँग १० अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको भ्यालेन्सिया ७ अंक पछि रहेपनि आइतबारको खेलमा बार्सिलोनासँगको दूरी घटाउने अवसर मिल्नेछ ।

अन्य खेलमा सेभिल्लाले सेल्टा भिगोसँग पुनरागमन गर्दै घरेलु मैदानमा २-१ ले जित्न सफल भयो । त्यस्तै गेटाफेले अलाभेसलाई ४-१ ले हरायो ।

https://ankushdaily.com/