भारतिय नक्कली नोट सहित तीन र लागु औषध सहित चार जना युवा पक्राउ

27

मनोज शाह
जितपुर बारा, ३ मंसिर ।
कार्तिक १८ गते बाराको जितपुरसिमरा उपमहानगरपालीका १ पथलैयाको एक होटलमा तिन जना भारतिय नागरिकले नास्ता खाए । भारतिय रु २ हजारको नोट होटलमा नसाटिएपछि नजिकैको राजेन्द्र खतिवडाको किराना पसलमा साट्ने क्रममा खतिवडालाई नक्कली नोटको शंका लागेपछि प्रहरीलाई खबर गरे र उनीहरु प्रहरीको फन्दामा परे ।
इलाका प्रहरी कार्यालय पथलैयाको टोली पुगेर तिन जनामाथी केरकार गर्दा थाहा भयो, उनीहरुसंग १८ थान २ हजारका नोट रहेछ । आइतबार इलाका प्रहरी कार्यालय सिमराले पत्रकार सम्मेलनको आयोजना गरी नक्कली नोटको कारोबार गर्ने तिन जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारत लखनउ, नवस्थाका ५० बर्षिय कृष्णपाल सिंह, सोही स्थानका ४२ बर्षे भुषण सिंह र भारत सितापुरका २६ बर्षे सन्नी सिंहलाई आज प्रहरीले सार्वजनिक गरी जिल्ला अदालतमा मुद्दा चलाउने तयारी गरेको छ । तिन जना सहित उनीहरुले प्रयोग गरेको एक भारतिय नम्बर प्लेटको बोलेरो गाडी समेत प्रहरीले बरामद गरेको छ ।
निजको बोलेरो गाडीको चेकजाँच गर्दा नक्कली नोट साटेर लिएको केही नेपाली नोट समेत प्रहरीले बरामद गरेको हो । निजलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धानपछि मुद्दा चलाइने बाराको प्रहरी प्रमुख उपरिक्षक राजकुमार वैदवारले जानकारी दिए ।
बारा प्रहरीले केहि दिन यता आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी विभिन्न रणनितिका साथ सुरक्षा ब्यवस्था मिलाएपनि भारतसंग खुल्ला सिमाना जोडिएका कारण छिमेकी जिल्लाहरुमा अबैध क्रियाकलाप र ठगी नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।
त्यसैगरी निर्वाचन लक्षित सुरक्षा ब्यवस्थालाई बे–वास्ता गर्दै लागुऔषध कारोबारीले सिमानाका बिरगन्जबाट नेपालका बिभिन्न स्थानमा अवैध लागुऔषध भित्रयाउने गरेका छन् । इलाका प्रहरी कार्यालय सिमराले फरक फरक समयमा लागुऔषध कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आइतबार ४ जनासंगबाट बरामद गरिएको प्रतिबन्धित अबैध लागु ओषध ईन्जेक्सन डाइजिलेब १ सय ६५ थान, फेनारर्गन १ सय ४९ थान, नुफिन १ सय ३९ थान लगाएतका करिब ५ सय थान लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
निजलाई जिल्ला अदालतबाट म्याद थप गरी आवस्यक अनुसन्धानपछि मुद्धा चलाइने बाराको प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिए ।