वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले शुक्रबार विरगञ्ज महानगरपालिका अन्तर्गतको रामगढवा लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
आसन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न विभिन्न ठाउँहरुमा भइरहेको घरदैलो कार्यक्रम अन्तर्गत शुक्रबारको कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका उम्मेदवार रामरुप कुर्मी, पार्टीका जिल्ला सचिव श्याम पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरी पर्साको पटेर्वासुगौली गाउँपालिका वार्ड नम्बर २ चाफी,रामपुर र थरगटीमा नेपाली का·्रेस पार्टीका क्षेत्र नम्बर ३ क प्रदेश सभा सदस्य चन्द्रकिसोर प्रसाद चौधरीले घरदैलो कार्यक्रम गर्नु भएको छ । घरदैलो कार्यक्रम गर्ने क्रममा जनताहरुसंग आफनो अमुल्य मत दिइ आफुलाइ भारी बहुमतले जिताउनु पर्नेमा जनताहरुलाई आग्रह गर्दै घरदैलो कार्यक्रममा राजकिसोर चौधरी,नेपाली का·्रेस पार्टीका क्षेत्रीय कोषाध्यक्ष सुलेमान मिया दर्जी,राजकिसोर गौरो,हृदय नरायण चौधरी लगायतको उपस्थितीमा रहेको थियो ।